गोपाल लोहारको शब्दमा ‘तिम्रै नाम होस’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक राजेश पायल राई र नायिका केकी अधिकारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको रोमाण्टिक भर्सनको 'तिम्रै नाम होस' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर रहेको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार गोपाल लोहारको रहेको छ। गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने संजिव बराइलीले संगीत सं...