नेपालमा दैनिक १७ जनाले किन आत्महत्या गर्छन् ?
नेपालमा २०७६ असार मासान्तदेखि २०७७ असारसम्म कूल ६ हजार २४१ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीको यो तथ्यांकमा १७ जना भन्दा बढीले दैनिक आत्महत्या गरेको बुझिन्छ ।
२०७५ सम्म नेपालभर आर्थिक वर्षमा दैनिक १५ जना थिए । प्रहरीले बनाएकाे विवरणमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेका थिए ।
०७६ साउनकाे महिनामा कूल ७०९ जनाले आत्महत्या गरेको देखिएकाे छ । यस आर्थिक वर्षको पहिलो महि...