काठमाण्डौं ।
हामी र हाम्रो कृति समूहको दशौँ कृति कृतिकार नम्रता उप्रेतीज्यूको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरि प्रसाद गौतमले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी रहनु भएको थियो ।

लोकार्पित कृति “शस्यमञ्जरी” मुक्तकसङ्ग्रहको समीक्षा प्रा. डा गोविन्द मानसिंह कार्कीले उत्कृष्ट तरिकाले गर्नुभएको थियो भने विशिष्ट अतिथिको आसनमा वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे रहनु भएको थियो । त्यसैगरी अतिथिको आसनमा दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृति मञ्चकी अध्यक्ष तारा केसी रहनु भएको थियो । उक्त कार्यक्रममा समूहका तर्फबाट मदन नेपाल र बद्री उप्रेतीले समूहको उदेश्य र भावी कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी र साहित्यानुरागी मनहरूको करिव १०५ जनाको हारहारीमा उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन गजलकार तथा हातेमालो साहित्य संगमकी महासचिव बिमला दाहालले बडो सुन्दर तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुभद्रा अधिकारीज्यूले र शुभकामना मन्तव्य दिनुहुनेमा वियोगी बुढाथोकी, युवराज नयाँघरे, शान्ति शर्मा, तारा केसी, सुनिल अधिकारी र रूद्र अधिकारी रहनु भएको थियो । उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरु मध्येबाट, लब खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, नवराज पोखरेल ’ नवशिला’ ,पूर्ण बहादुर श्रेष्ठ, सरिता थापा मगर, दुर्गा किरण तिवारी, मिना चौलागाईँ, टेकराज भट्ट, जिज्ञासु तिलक पौडेल, उत्तम बिचार ‘सर्जक’ , रूद्र अधिकारी , गणेशबाबु अधिकारी, नम्रता उप्रेती, उषा केसी, शान्ति शर्मा, निलाञ्जला भारद्वाज, बिनोद खत्री आकास, पुष्पा धमला, भुवन सिवाकोटी चौघरे, मानन्धर अभागीज्यूहरूले लोकार्पित कृतिबाटै मुक्तक वाचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया