झापा,असोज २१ ।
नेपाल सांस्कृतिक महासंघ झापाले जिल्लाभरका स्थानीय नगरपालिकामा सुरु गरेको नगर अधिवेशन अन्तर्गत दमक नगर अधिवेशन शनिबार एक समारोहका बीच सम्पन्न गरेको छ। अध्यक्षमा टंक ढकाल उपाध्यक्ष द्वय आविस्कार भट्टराई, अस्मिता अधिकारी चापागाईं सचिव द्वय पशुपति अधिकारी , रेनुका ओली सहसचिव द्वय अम्विका ओझा ,जेनिसा पराजुली काेषाध्यक्ष तारा ढकाल लगायत जम्मा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत गरेकाे छ।
नेपाल सांस्कृतिक माहासघंका केन्द्रीय सदस्य तथा कलाकार बालकृष्ण निरौलाको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका संस्थापक, केन्द्रीय सदस्य अभिनेता हेमन्त बुढाथोकी, केन्द्रीय सदस्य दिलबहादुर बुढाथोकी जिल्ला अध्यक्ष किरण सिवाकोटी , नेपाली कांग्रेस कोशी प्रदेश सदस्य भूमिराज राई क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी महाधिवेशन प्रतिनिधि मेदनी सिटौला, मन्दरा पैडेल दमक ने .का. कार्यवाहक सभापति प्रेम भट्टराई नेका उपसभापति युुवराज खनाल(सागर) सचिव दिपेस दाहाल ४ न वडा सभापति राजेन्द्र सिटौला ९का सभापति युवराज कोइराला नेपाल प्रेस युनियन झापाका अध्यक्ष हरिराज भट्टराई लगायतको उपस्थिति थियो । कार्यक्रममा किरण शिवाकोटी, मन्दरा पैढ्याल, दिलबहादुर बुढाथोकी, ढुण्डीराज भण्डारी, रवि केसि नेउपाने,भुमिराज राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिकांश वक्ताहरुले नयाँ कार्यसमिति लाई शुभकामना दिदै महासंघले खेलेको भूमिकाको प्रशंसा साथै अब गाउँगाउँमा सांस्कृतिक कर्मीहरूकाे उपस्थितिले जनतालाई उत्साहित बनाउने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण निरौलाले हरेक आन्दोलन र पार्टीका कार्यक्रमहरुमा सांस्कृतिक महासंघले खेलेको भूमिकाको प्रशंसा गर्दै कांग्रेसको नेतृत्वमा भएका परिवर्तन र कामहरू गीत,संगीत तथा जनचेतनाको माध्यमबाट टोलटोलमा पुर्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया