बिगत लामो समय देखि विभिन्न सामाजिक सेवाका कार्यहरुमा सक्रिय सरु अधिकारी ढुंगाना आफ्नो छोराको जन्मदिनको अवसरमा काठमाडौको रविभवनस्थित दिल शोभा श्रेष्ठले संचालन गरेको ‘आमाघर’ लाइ आर्थिक सहयोग गरेका छिन । केही वर्षदेखि आफ्नो जन्मदिन र अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आएकी सरुले मंगलबार छोरा शैलेश ढुंगानाको जन्म दिनको अवसर पारेर ‘आमाघर’ आश्रित ‘ रहेका आमाहरुलाई भोजन गराएर छोराको जन्मदिन मनाएकी हुन् । पछिल्लो समय बर्थ डे सेलेब्रेसनको नाममा विभिन्न केक काटने रेस्टुराहरुमा भोज गर्ने, अनाबश्यक फजुल खर्च गर्ने बिकृति बढ्दै गएको र आफ्ना छोरा पुस्ताले यस्ता विकृत भन्दा पनि सानो भए पनि मानव सेवाका कार्यमा ध्यान दिउन भन्नको लागि पनि बेला बेलामा यस्तो कार्यहरु गरिरहने सरुले जानकारी दिनु भयो।