काठमाण्डौ
राष्ट्र सेवा सगैं नेपाली सुगम संगीतको विकासमा सक्रिय कलाकारको रुपमा परिचित कलाकार हुन नरेश एमसी । देश र मातृभुमीलाई नेपाली कला र संगीतको माध्यमबाट विश्व बजारमा अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनी बताउछन । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुर घर भई हाल काठमाण्डौंमा शसस्त्र प्रहरीमा कार्यरत नरेश एमसी हालै काठमाण्डौंमा सम्पन्न भएको राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को राष्ट्रिय भावको गीतबाट सम्मानित भएका छन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० मा ‘फौजीको बर्दिमा’ बोलको गीतबाट कलाकार एमसी सर्वोउत्कृष्ट अवार्ड पाउन सफल भएका हुन ।
शसस्त्र प्रहरीमाको संगीत विभागमा कार्यरत उनी राष्ट्रप्रेमका भाव गीतहरुमा नृत्य तथा अभिनयमा पोक्त्त कलाकारको रुपमा छन । अवार्डमा आफना आम दर्शक तथा स्रोताको माया र स्नेहको कारण आफु यो स्थान सम्म आउन सफल भएको उनले बताए । मौलिक र ग्रामिण परिवेश र भौगोलिक विविधतामा रहेको गीत संगीतालाई कला र कला सम्बर्ध पक्षले अगाडि बढाउनु पर्ने उनी बताउछन ।