पछिल्लो समय नेपाली गीतसंगीतको वितरणमा पनि डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ । यही अघि बढिरहेको डिजिटल प्लेटफर्म र डिजिटल मार्केट मार्फत गीत संगीत र वेब सिरिज निर्माण र बजारीकरणमा बिगत देखि नै लागिरहेको एसियन म्युजिकले सोमबार मात्रै ‘आँसुको मूल्य ‘ गीत सार्वजनिक गरेको छ।
लोकप्रिय गायक जितेन लेप्चाको स्वर ,संगीत र सन वाङ योल्मोको शब्द रहेको गीतमा संजीव बराइलीको एरेन्ज रहेको छ । कविता नेपाली ,सन वाङ योल्मो र प्रज्वल जंग कार्कीको अभिनय रहेको भिडियोलाई एसिएन म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । युवा पुस्ताको लभ,रोमान्स र धोकालाई देखाउन खोजिएको भिडियोलाइ बिभोर पोखरेलले निर्देशन गरेका हुन् । भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी र नहकुल खड्काको सम्पादन रहेको छ । गीतलाई सबै डिजिटल प्लेटफर्म मार्फत पनि सुन्न सकिन्छ ।