काठमाडौं। देशमा बढ्दै गएको भ्रष्टचार र बेतिथिलाई समेटेर तयार पारिएको गीत ‘मानवतस्कर’को स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ । अभिरन इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस गीतमा युवा गायक अभिनय निरौलाको स्वर रहेको छ। र्याप शैलीको यस गीतको बिट इन्सेन बिट जर्मनीमा तयार पारिएको हो। गीतलाई साउथ अफ्रीकाका आयोमुशले मिक्सिङ्ग गरेका हुन्।

नेपालको फोहोरी राजनीति र भ्रष्ट राजनीतिक नेताहरूको कारण विदेशमा धेरै पीडा र ज्यान गुमाउनु पर्ने नेपालीहरूको साझा कथालाई वर्णन गरिएको यस गीतको भिडियोलाई भारतका राजामित्रले सम्पादन गरेका हुन्। गायक निरौलाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक निरौलाको युट्युव च्यानल ( Abbhinaya Niraula ) मार्फत सार्वजनिक भएको हो।

मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’, ‘घिर्लिङ’लगायत म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् । आफ्नो नयाँ गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक निरौलाले सबैलाई आग्रह गरेका छन्।

https://youtu.be/l-Kd6ERS4jw

तपाईको प्रतिक्रिया