काठमाडौं, १७ बैशाख
गीतकार रमेश दहाललाई दशौ म्युजिक खबर म्युजिक अवार्डमा ‘कौवा करायो’ बोलको गीतका लागि उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको छ । नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल गहन गीत लेख्ने गीतकार हुन् । उनका गीतले सामाजिक चेतना, विकास तथा शान्तिको आग्रह गर्दछन् । अवार्ड प्राप्त गर्न सपफ्ल गीतमा टीका दहालको संगीत तथा सुरक्षा सेन्चुरीको आवाज रहेको छ ।
एकपछि अर्को उत्कृष्ट गीत लेख्दै स्रोता तथा दर्शकको मन जित्न सपफ्ल दहालले रेडियो नेपाल, गीतकार संघ नेपाल, इमेज अवार्ड, सगरमाथा अवार्ड, लगायतका अवार्ड प्राप्त गरीसकेका छन् । यस अघि अवार्डको आठौ श्रृङ्खलामा दहालले ‘जननी जन्मभूमि’ बोलको उत्कृष्ट राष्ट्रभावको गीतका लागि अवार्ड प्राप्त गरेका थिए ।
विगत १० बर्षदेखि निरन्तर रुपमा अवार्ड प्रदान गर्दै आएको म्युजिक खबर म्युजिक अवार्ड देशको प्रतिस्थित अवार्डमा लिइन्छ । प्रमुख अतिथि माननिय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका तिर्थकुमारी थापालाई नगद रु ५१ हजार सहित दिर्घसाधना सम्मान प्रदान गरिएको थियो ।
‘‘अवार्डले श्रष्टा कलाकारलाई थप उर्जा दिन्छ र जिम्मेवारी समेत बोध गराउछ’’ दहालको भनाई थियो ।
यहि बैसाख १५ गते राजधानीमा सम्पन्न यस राष्ट्रिय स्तरको अवार्ड कार्यत्रफ्ममा देशैभरिका सयौ कलाकारले भाग लिएका थिए । शुभकामना मेडिया सोलुसनको आयोजनामा सम्पन्न कार्यत्रफ्ममा करिव ५०० जनाको उपस्थिति रहेको थियो भने विभिन्न विधामा ख्यातिप्राप्त विज्ञहरुको जुरी भूमिका रहेको थियो ।
गायक रामकृष्ण ढकाल सहितको प्रस्तुति रहेको कार्यत्रफ्ममा नेपाली गीत संगीतका विभिन्न ४० विधामा अवार्ड प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया