हालै नेपालमा उरुग्वे देशबाट आएका पर्यटक पाहुनाटोलीलाई स्वागत् गर्दै नेपालका तर्फबाट ‘एट आइज ट्राभल्स एण्ड टुर’ले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ । राजधानीको कपनमा रहेको कपन फुटसल मैदानमा यही फाल्गुन २९ गते सोमबार भएको उक्त खेलमा नेपालको प्रतिनिधित्व गरेको ‘एट आइज ट्राभल्स एण्ड टुर’ ६—७ गोलको अन्तरमा फुटबल खेल सम्पन्न भएको थियो ।
नेपालको ‘एट आइज ट्राभल्स एण्ड टुर’ खेलकुद टिमलाई अर्जुन थापा मगरले नेतृत्व गरेका थिए भने टिम प्रशिक्षक जुनियर फुटबल एकेडेमीका प्रमुख प्रशिक्षक प्रज्ज्वल प्रताप क्षेत्रीले प्रशिक्षकको कार्यभार समाल्नु भएको थियो । मैत्रीपूर्ण फुटबल खेललाई ‘एट आइज ट्राभल्स एण्ड टुर’ले आयोजना गरेको थियो । खेल निकै रोमाञ्चक र भव्य भएको थियो । पहिलो र दोस्रो हाफमै नेपालको एट आइज ट्रावल्स एण्ड टुरका खेलाडीहरूले बल आफ्नो नियन्त्रणमा राखेर धेरै अवसरहरू सिर्जना गर्न सफल हुँदै खेलको अन्तिममा ७—६ गोलको अन्तरमा खेल समाप्त भएको थियो । सन् २०१५ बाट हरेक वर्ष आयोजना गर्दै आएको मैत्रीपूर्ण फुटबल खेलबाट नेपाल र उरुग्वे बिचको सम्बन्ध अझ राम्रो हुने अनि नेपालको पर्यटन विकासमा पनि टेवा पुग्ने आशा रहेको ‘एट आइज ट्राभल्स एण्ड टुर’ प्रबन्धक नविन गुरुङले जानकारी दिनुभयो।