काठमाण्डौं । गायक पुष्कल शर्मा र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ’पुरानो घाउ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्र्रवासमा रहेर पनी दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत ’पुरानो घाउ’ मा शब्द लेखेका छन । ’भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरानो घाउ’ प्रेमीले प्रेमिकालाई भुल्न निकै कठिन परेको र प्रेमिकालाई ब्रेनट्युमर भएका कारण झनै बज्रपात परेको अवस्थालाई भिडियोमा देखाईएको छ ।

कुवेतलाई कर्मथलो बनाउदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने इन्द्र थापा मगरले गरेका छन । उक्त गीतको भिडियोमा कुवेतमै कार्यरत कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल थकुरी, गोबिन्द बराल लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया