काठमाडौं– गायिका अञ्जु पन्त तथा गायक टिका बोमजमको स्वरमा रहेको ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा रवि मान सिंह बस्न्यातको शब्द तथा गायक बोमजनकै संगीत छ ।

गीतको म्युजिक भिडियोलाई डान्सिङ शैलीमा तयार पारिएको छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशनको यो गीतको भिडियोमा राहुल शाह र एलिसा राईलाई प्रस्तुत गरिएको छ । भिडियोमा समावेश गरिएको डान्सलाई आम दर्शक तथा स्रोताले मन पराउनेमा निमार्ण टिम विश्वस्त रहेको छ ।

पवन सुस्लिङले यो भिडियोको छायांकन गरेका हुन् । यो गीत र भिडियोले दर्शकलाई छमछमी नचाउने विश्वास राहुल र एलिसाको छ । यो भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया