काठमाण्डौं ।
काठमाण्डौं क्षेत्र नं. ४ (ख) का राप्रपा उम्मेदवारहरु पुन्यलाल श्रेष्ठ र ठाकुर मोहन श्रेष्ठ देशको विकासका लागी आम मतदाताहरुले हलो चुनाव चिन्हमा मतदान गर्नको लागी आग्रह गरेका छन ।
आज काठमाण्डौं क्षेत्र न ४ (ख) ले आयोजना गरेको चुनावी सभालाई संम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदार पुन्य लाल श्रेष्ठले काठमाण्डौं क्षेत्र ४ (ख) क्षेत्रको विकास र सम्बृद्धिकालागी आफुलाई जिताउन आग्रह गरे ।

उनले कोरोना कालमा आफुले धेरै जनताको घरदैलोमा पुगेर सहयोग गरेको बताए । बाढी र डुवान लगायतका समयमा जनताकै सुख दुःखमा रहेर काम गरेको बताए । त्यसैगरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले चुनावी सभालाई संम्बोधन गर्दै नेपालको मौलिक सस्कृति र सम्पदाको सरक्षणको लागी राप्रपा निरन्तर लागी परेको पनी बताउनुभयो । हिन्दु धर्म लगायतका मौलिक धरोहरको संरक्षणका लागी राप्रपाले लिएको अडानलाई आम मतदाताले भुल्न नहुने उहाँले बताउनुभयो । मतदाताले आफनो क्षेत्रको सम्पदा र सस्कृतिको संरक्षण गर्दै देशको विकासका लागी निरन्तर लागी पर्नुपर्ने उहाँले बताउनुभयो । राप्रपाको योजनाबाट नै मुलुकमा जनताले ढुक्क सगँ जिवन जिउने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.