चर्चित / लोकप्रिय गायक सत्यराज आचार्यको आवाजमा रहेको ‘सुखदुःख’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सनत अन्जामको शब्द तथा बिशाल ढकालको संगीतमा तयार पारिएको गीत निकै नै मार्मिक बनेको छ । बुढेसकालमा वृद्ध बुबालाई बृदाश्रम लगेर छोडिएको कथामा तयार पारिएको भिडियो निकै नै उत्कृष्ट बनेको छ । सशान कंडेलको निर्देशन,राज पोख्रेलको छायांकन अनि बिकाश दाहालको सम्पादनमा तयार पारिएको भिडियोमा जि.बि चिरनको उत्कृष्ट अभिनय रहेको छ । साथै बाल कलाकारमा सम्मान कंडेलको अभिनय रहेको छ। भिडियो एम.एन.एस म्युजिक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published.