काठमाडौं । अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय युवा गायक एबम संगीतकार केशव दाहालको नयाँ गीत ‘तिमि छौ र त ‘ सार्वजनिक भएको छ । गीतकार डि.पी खनालको शब्द र सुबाश चामलिंगको संगीत रहेको गीतमा गायक केशव दाहाल र प्रबिशा अधिकारीको स्वर रहेको छ ।
नायक पुष्प खड्का र बिना राउत अभिनित ‘तिमि छौ र त ‘को भिडियोलाई चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
जसमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
प्रवासमा रहेर नेपाली गीत, सगीतमा तल्लिन केशव दाहालले कहिले द:खका त कहिले सुखका गीत शृजना गर्दै आउनु भएको छ । यसअघि उनको शब्द, सगीतमा ‘जॅंहा जन्मेपनि म’ र ‘फर्कन छोरा स्वदेशमा’ गीतहरु सार्वजनिक भैसकेका छन । ‘जॅंहा जन्मेपनि म’मा अरूण सुनारको स्वर रहेको छ भने ‘फर्कन छोरा स्वदेशमा’ चर्चित गायक राजेश पायल राइले गाउनु भएको हो।

Leave a Reply

Your email address will not be published.