बिराटनगर। मोरंग बिराटनगर स्थित श्रीकृष्ण गौ सेवा सदन जतुवाद्वारा श्रीकृष्णा जन्मास्टमीको अवसरमा आज शुक्रबार दिउसो देखि भजन महोत्सवको आयोजना हुदै छ। महोत्सवलाई सफल बनाउन तिब्र रुपमा सम्पूर्ण तयारी पुरा गरिएको आयोजकले बताएका छन्। उक्त महोत्सवमा बिराटनगर लगायतका प्रसिद्ध कलाकारहरुले आफ्नो चर्चित भजनहरुको प्रस्तुति दिने छन्।

अहिले कार्यक्रम हुने स्थानलाई बेहुली जस्तै सजाइएको छ। भक्तजनाहरुले श्रीकृष्ण गौ सेवा सदन जतुवामा रहेको गाईहरुको बिचमा बसेर भजन कृतनको आनन्द लिन सक्ने आयोजकले हिपमत मिडियालाई बताएका छन्।

कार्यक्रमलाई सफल बनाउन उक्त क्षेत्रका समाजका अगुवा ,युवा ,बुद्धिजिबी ,महिला एवम सम्पूर्ण राजनीतिकर्मीको साथ सहयोग रहेको आयोजक संस्थाका अध्यक्ष शंकर अग्रवालले जानकारी दिए। भजन महोत्सव कार्यक्रममा दिउसो ४ बजेदेखि ७ बजेसम्म कलाकारहरुको प्रस्तुति रहेन शिवरतन जोशीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.