काठमाण्डौं ।
गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको ‘दुइटै अँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियो सार्वजनिक भएको छ । मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती विचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ । राम केसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको भिडियोमा दिलिप रेग्मी र दिव्या न्यौपानेको अभिनय देख्न सकिन्छ ।
‘दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published.