काठमाडौं । गायक राजेश पायल राई र नायिका केकी अधिकारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको रोमाण्टिक भर्सनको ‘तिम्रै नाम होस’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर रहेको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार गोपाल लोहारको रहेको छ। गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने संजिव बराइलीले संगीत संयोजन गरेका हुन्। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।
भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायत दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।