गायक एवं सङ्गीतकार देवराज आले मगरको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘फेरि भेटौँला’ बोलको गीतमा हर्क साउदको शब्द रहेको छ l भिडियोलाई निर्देशक अनिल श्रेष्ठ ´सम्राट्` ले निर्देशन गरेका छन। सङ्कल्प भुजेलको छायाङ्कन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।
गीतको भिडियोमा कलाकार निलकमल जोशी र माया श्रेष्ठको अभिनय रहेको छ। भिडियोलाई सिद्धान्त सिने प्रोडक्सन हाउस प्रा. लि को अफिसियल युटुव च्यानल एस् सिने प्रोडक्सन हाउस बाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published.