काठमाण्डौ बैशाख ०३ – बिशेष गरेर जुनसुकै नेपाली गीत संगीतको सम्वृद्धिको लागी श्रोता तथा दर्सकको तवरबाट चिन्तन बोक्ने धुपा राईले आफ्नै प्रस्तुतिमा भर्खरै एउटा गीत सार्बजनिक गरेकी छिन् । उनले यस अघि पनि अन्य गीत संगीतका प्रस्तुतकर्ताहरुलाई यस क्षेत्रमा समर्पित हुनका लागि प्रोत्साहन गर्दै आइरहेकी छिन् । धुपा द्वारा सार्बजनिक भएको गीत “नजर हट्दैन” बोलको रहेको छ ।

गीतमा आफुले माया गरेको मान्छेको  बाटोको प्रतिक्षामा कयौं रात दिन कटाएको संयोगान्त प्रेमभाव समाबेस गरिको छ । प्रसान्त विष्टको शब्द संगीत द्वारा सजिएको गीतमा बिशाल निरौलाको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुतकर्ता धुपाले यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन परईदिनु भएमा आगामी दिनमा पनि थप कर्णप्रिय गीतमा आफ्नो समर्पण रहने बताएकी छिन् ।

बिशाल निरौला द्वारा संगीत संयोजन भएको धुपा राईको “नजर हट्दैन” बोलको गीतको म्युजिक भिडियोमा प्रसान्त विष्ट र दिव्या न्यौपानेको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रसान्त विष्टले गरेका हुन् भने छायांकन दिपक गिरी र सम्पादन अमृत चापागाईले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया