न हातमा झण्डा न त कुनै पर्चा चोक चोकमा छ काङ्ग्रेस जिताउने चिया चर्चा ” भने मुल नाराका साथ आज काठमाण्डौं महानगर वडा नं. १४ र १३ बाट नेपाली काङ्ग्रेस काठमाण्डौं महानगर समितिले चुनावि कार्यक्रम शुभारम्भ गरेको छ। नेता,कार्यकर्ता र सर्वसाधारण विच चियाको चुस्की संगै आफ्नो क्षेत्रका समस्या, समाधान र भावि योजना बारे छलफलको अनौपचारीक साझा चौतारो चिया चर्चा गरिएको छ। महानगर प्रमुख” मेयर “को टिकट नेपाली कंग्रेशले नीलकाजी दिने भएको पछि काठमाडौ कसरि निर्माण गर्न सकिन्छ, भनेर लागिरहेको नेता शाक्यको भनाई छ। नेपाली काङ्ग्रेसले नीलकाजीनै उठाउने गरि निर्णय गर्न लागेको एक केन्द्रिय सदस्यले नाम नबताउने सर्तमा हामिलाई जानकारी गराए। नीलकाजी शाक्य पुराना नेता हुनुहुन्छ । एमालेहरुले काठमाडौमा मनोरेलको सपनाहरू बाडेको तर गाडी जाम ढल जाम पनि निराकरण गर्न नसकेको अबस्थामा नीलकाजी भने यी जनताका समस्याहरु निराकरण गर्ने अठोट गरेका छ्न। स्थानीय युवा नै काजीको पक्षमा प्रचार प्रसार गरिरहेका छ्न।

Leave a Reply

Your email address will not be published.