नेपाली कंग्रेश पार्टीका काठमाडौ महानगर सभापति नीलकाजी शाक्य काठमाडौ महानगर पालिको मेयर लड्ने भएपछि यहाँको राजनीतिले नयाँ तरंग लिएको छ ।

काठमाडौका लोकप्रिय नेता शाक्य ठुलो जनमत भएका नेता हुन् । उनी काठमाडौ वडा नम्बर २५ का वडा अध्यक्ष हुँदा खेरी नै विकासका निर्माणका कामहरु गरेकाले राजनीतिको नयाँ तरंग भएको हो ।
शाक्य अहिले काठमाडौमा जनताहरुसँग भेटघाटमा व्यस्त भएको उनी निकट नेताहरु बताउँछन् ।
नेपाली कंग्रेशले काठमाडौले उनलाई टिकट दिने निश्चित भएको छ । गठबन्दनका नेताहरु नै उनलाई देखेर मख्ख छ्न । अरुलाई उठाउदा हारिने तर नीलकाजीलाई दियो भने जितिने भएको कारणले कंग्रेश केन्द्रिय नेताहरु नै उनको पक्षमा छ्न। समाजवादिका नेता झलनाथ खनाल देखि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि शाक्य देखि प्रभावित छ्न। कंग्रेश युवा नेताहरुले त उनको पक्षमा भोट माग्न शुरु गरेका छ्न।

तपाईको प्रतिक्रिया