पार्टीका सबै नेता कार्यकर्ता एब शुभचिन्तकको सहयोग, बिशिस्ट सामाजिक ब्यक्तिहरुको सुझाब एबं आफ्नो योगदानले साझा गन्तब्यमा पुग्न कठिनाइ नहुने नेता शाक्यको भनाई छ । शाक्य पुराना र ईमान्दार नेता मानिन्छन।
‘अग्रजहरुको आशिर्वाद र युवाहरुको साथले नवीन काठमाडौ बनाउने मेरो संकल्पमा सबैको सहयोगको अपेक्षा गरेको छु।
आफू भ्रष्टचारविरुद्ध र विभिन्न सामाजिक विभेदविरुद्धको आन्दोलनहरुमा सहभागी भएको स्मरण उनले सुनाए । ‘मैले काम गर्ने र आफैँलाई प्रमाणित गर्ने ठाउँ स्थानीय तह हो। त्यही भएर महानगरपालिकामा मेरो स्वभाविक दावी हो,’ उनले भने।
उत्कृष्ट नीति, पूरा गर्न सक्ने कार्यक्रम र समुन्नत काठमाडौ महानगर बनाउन आफुले उम्मेदवारी दिने शाक्यले बताए ।
सामाजिक कार्य गरेको कारणले गर्दा काठमाडौ बासी जनताको मन जितेको छु ।
त्यसैले चुनाब जित्ने कुरामा ढुक्क रहेको उनको भनाइ छ।
उनी जनताको सुखदुखमा सधैं सहभागी भएका छन् ।
जसले गर्दा थप लोकप्रियता कमाएका छन् ।
मेयर भए पछी के के गर्ने भन्ने बिस्तृत रुपमा योजना पनि बनाइ सकेको छु, महानगरपालिकालाइ कसरि संचालन गर्ने, कस्तो हुनु पर्छ, बिकाश निर्माण, शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, लगायतका कुराहरुमा छुट्टै योजना रहेको पनि उनले बताए |
काठमाडौ महानगरपालिकालाई धार्मिक, पर्यटकीय समृद्ध सहर बनाउने आफ्नो सपना रहेको शाक्यको भनाइ छ । ‘म वडा अध्यक्ष भूमिकामा भए पनि विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्न चाहना छ,’ उनले भने ।
पुराना नेता नेपाली कंग्रेशका लहौ पुरुष सर्वमान्य नेता गणेशमानसंग कांग्रेसको राजनीतिमा काम गरेको उनको अनुभव छ।
उनी राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय छन् ।
यो पालिको चुनाबमा कुनै हालतमा पनि मेयरको दावी नछोड्ने उनको बताए ।स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मेयरको उम्मेदवार बन्ने भन्ने चर्चा परिचर्चा र चासो सर्वत्र चासो छ । काठमाडौ मात्र नभएर शाक्यको देश भरी चर्चा चुलिएको छ।
Shantidip
काठमाडौ महानगरपालिकाको मेयर उठ्ने तयारीमा: नीलकाजी शाक्य