काठमाडौं । नेपाली संगीत क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका उदयमान गायक मनोज श्रेष्ठलाई सानै देखि गीत संगीतमा रुचि थियो। उनि भन्छन मलाई स्कुलमा साथीहरु संग कन्सर्ट गर्न अनि तिहारमा देउसी भैलोमा गाउन धेरै रमाइलो लाग्थ्यो। त्यहि कुराले नै मलाई गायक बन्न प्रोत्सहान गरेको जस्तो लाग्छ।
गायक श्रेष्ठले यसअघि ‘अँध्यारो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्। करिव २ वर्ष अघि बाट उक्त म्युजिक भिडियो प्रकाशित भएको थियो। संगीत आफ्नो लागि थेरापी हो भन्ने गायक श्रेष्ठलाई विदेशमा बसेको अनुभव पनि छ। विदेशमा उनको एक्लोपनको साथी नै गितार थियो। मन बहलाउन उनि गीत गाउन र कम्पोज गर्न थाले। यसरी संगीत संगको उनको सम्बन्ध अझै निकट बन्दै गयो।
हालै उनको नयाँ गीतको रेकर्डिङ्ग सकिएको छ। छिट्टै नै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी रहेको उनि बताउछन्। नयाँ कलाकारलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउस लाई उनले आग्रह गरेका छन।

 

Leave a Reply

Your email address will not be published.