नेपाली दर्शक स्रोतामाझ लोकप्रिय बन्दै आएका अस्ट्रेलिया निवासी युवा गायक राजेश के सीको नयाँ गीत ‘छैन मैले बिर्सेको’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मिन सागर लामाको शब्द र चन्द्र कुमार दोङ्गको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।
पछिल्लो समयका चर्चित मोडेलहरु बिना राउत र सरोज प्रजाको अभिनय रहेको भिडियोमा फराज अर्पणको क्यामेरा , सम्पादन निर्देशन रहेको छ। भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो। लामो समयदेखि अस्ट्रेलियामा बस्दै आउनु भएका गायक राजेश के सीको करिब १ दर्जन भन्दा बढी हिट गीतहरु आइसकेका छन ।

 

Leave a Reply

Your email address will not be published.