काठमाडौँ । अमेरिकाको पेन्सलभेनिया निवासी गायक एबम रचनाकार पूर्ण लामिछानेले आफ्नो बिल्कुलै नयाँ सागीतिक सौगात ‘माया लाईदेउन’ सार्वजनिक गरेका छन। शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा स्वयम् गायक लामिछाने शब्द रहेको छ। गायक लामिछानेलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायक लामिछानेको स्वरमा ‘मखमली फुलको थुंगा जस्तो’, ‘तिम्रा लागि आँशु’ लगायतका गीतहरु सार्वजनिक भैसकेका छन।

 

Leave a Reply

Your email address will not be published.