काठमाडौं । गायक सागर तामाङ र दिव्या राईको युगल गायनमा समावेश ‘प्रेमको कहानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा कुशांग लिम्बुको शब्द, संगीत रहेको छ । दीक्षित पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा दिनेश सुनार र सोनिया राई बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। विनोद विनिर्जारा राईको छायाँकन र सम्पादन रहेको यस भिडियोलाई थमन केसीको निर्देशनमा तयार पारिएको हो। एसएसओजी युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.