काठमाण्डौ माघ १५ – बिशेष गरेर मौलिक गीत संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका दिलु सलामी मगरको संलग्नतामा शिव काउछा मगरको पछिल्लो गीत “जिन्दगानीमा” बोलको गीत सार्बजनिक भएको छ । यस भन्दा पहिलेका गीतहरुमा छुट्टै सुगन्ध हुने गरेको दिलुको गीतमा यस पटक भने ति गीतहरु भन्दा पनि थप मिठास पूर्ण ढंगबाट यो गीत सार्बजनिक भएको छ । गीतको अडियो भिडियो पक्ष सबै मझबुद बनेको छ ।

“जिन्दगानीमा” बोलको गीतमा शिव काउछा मगर र दिलु सलामी मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा दिपक घर्ति मगर, खगेन्द्र बुढा मगर, रुपी सिंजाली मगर र परेमा राना मगरको पनि सामुहिक स्वर सुन्न सकिन्छ । गीतलाई लय शिव काउछा मगरले तयार पारेका हुन् भने शब्द रेशम सापकोटाको रहेको छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा ढकालको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छयांकन प्रकाश प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । गीतलाई दिलु सलामी मगर युत्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया