काठमाण्डौ असोज २३ – नेपाली गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीत संगीतहरु अहिले बजारमा आइरहेका छन् । यस भित्र जुनै पनि कलाकारलाई एक कदम अगाडी बढ्ने चाहना हुने गर्दछ । यस्तै एक कदम अगाडी बढ्ने चाहनाको साथ् आधुनिक गीत “आकाशको जुन” बोलको गीत भर्खरै बजारमा आएको छ । प्राय गीत वियोगान्त भावमा सजिएको हुने गर्दछ, तर यस गीतमा भने अजम्बरी प्रेमभावलाई बुनिएको छ । गीतमा किरण गजमेर र अश्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।
दिपक शर्माको शब्द संगीतले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भएको छ । भिडियोमा पुष्प खड्का र रक्षा बुढाथोकिको रहेको छ । यो मात्रै नभई यस गीतको म्युजिक भिडियोलाई बाल कलाकार काब्य गिरीको अभिनयले पनि थप आकर्षक बनाएको छ । पुर्सोत्तम सुबेदीको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन दिपक श्रेष्ठ ले गरेका हुन् भने छायांकन सौरब लामा र सम्पादन अर्जुन जी.सी ले गरेका छन् । भिडियो निर्माता राजाराम बुढाथोकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।