काठमाण्डौ असोज २५ – घटस्थापना पश्चात नेपालीहरुको महान चाड बिजया दशैँ हरेकको घर आँगनीमा प्रवेश गरिसकेको छ । यो समय सम्म आइपुग्दा पनि बिभिन्न दशैँ संग सम्बन्धित गीतहरु बजारमा आउने क्रम जारी रहेको छ । कुनै पनि गीत व्यवसायिकता निमित्त तयार गरिन्छ भने अन्य भन्दा अगाडी सार्बजनिक गर्ने होडबाजी चल्ने गर्दछन् । तर जुन गीत मात्र आफ्नै कला संस्कृतिको जगेनार्थ तयार गरिन्छ, समय साप्यक्ष रुपमा नै सार्बजनिक भएका हुन्छन् । यसैको बिशेषता पनि हो भर्खरै मात्र रामकृष्ण थापाको नाममा“गाउँमा आउँदै छु” बोलको गीत बजारमा आएको छ ।
दशैँ दुख होइन, घाँटी हेरेर हाड निल्न सकियो भने यो पर्ब निकै हर्षउल्लासका साथ् बित्ने गर्दछ । यस्तै उमङ्गले भरिएको यस गीतमा रामकृष्ण थापा र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना रामकृष्ण थापाले नै भरेका छन् । निकै उत्कृष्ट ढंगले बुनिएको “गाउँमा आउँदै छु” बोलको गीतको म्युजिक भिडियो पनि अडियो मिठास्ता जत्तिकै बनेको छ । भिडियोमा कृष्ण रसाल र आयुष्मा कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । रमेश पाठक द्वारा निर्देशित भिडियोलाई छायांकन राज पोख्रेलले गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका छन् । “गाउँमा आउँदै छु” बोलको गीतको म्युजिक भिडियोलाई फास्ट क्रिएसन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।