काठमाण्डौ असोज १९ – नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा यस पर्वलाई लक्षित गर्दै विभिन्न गीत संगीत पनि बजारमा आइरहेका छन् । यसै भिडमा दिनेश श्रेष्ठको “दशैँ तिहार सम्झी आँशु झर्ने” बोलको गीतले पनि छुट्टै स्थान जमाइरहेको छ । प्रस्तुत गीतमा बाध्यता र बिवसताले परदेश पुगेको एक परिवारको सदस्यको पिंडा पोखिएको छ । “दशैँ तिहार सम्झी आँशु झर्ने” बोलको गीतमा कबिता थापा मगर, सन्तोष रेग्मी र सम्झना भट्टराईको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय शब्द दिनेश श्रेष्ठले भरेका छन् ।

जब दशैँ तिहार नजिक आउँछ तब यी यस्ता  गीतहरुले हरेको नेपालीहरुको घर आँगनमा छुट्टै उमङ्ग भित्रिएको महसुस हुने गर्दछ । यस गीतको म्युजिक भिडियोमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएर कलाकारिता क्षेत्रमा संघर्स गरिरहेकी सम्झना भट्टराईको साथमा राम रखाल मगर, सिर्जना पराजुली, एण्ड बि खड्का, बिमु श्रेष्ठ, शान्ता ठकुरी, शुसिला श्रेष्ठ, कान्छा श्रेष्ठ किरण, शंकर बाबु घिमिरे, शुसिला पराजुली, सुक्रिया माझि र दिपसीखा माझीको अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । उक्त गीतको अडियो तथा भिडियोलाई मिलन फिल्म्स प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

Leave a Reply

Your email address will not be published.