काठमाण्डौ असोज १९ – रानी हजुर, सुन सरकार, गैरी गावैमा, साइली रिमई, रुप रैछ मोहनी लाउने, गैरी पिपल लगाएतका थुप्रै गीतहरुबाट अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल गायक तथा शर्जक दिनेश श्रेष्ठले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनि चर्चा भन्दा पनि लोकप्रियता चाहन्छन । फलस्वरूप अहिले दिनेशले “सुनन मया” बोलको गीत बजारमा लिएर आएका हुन् । उनि द्वारा स्वरबद्ध र श्रीजित गीतहरु सबैको मनमा बस्ने गरेका छन् । भर्खरै बजारमा आएको माथि उल्लेखित गीतमा दिनेश श्रेष्ठ र लोकप्रिय गायिका प्रतिमा अर्यालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् ले भरेका छन् भने शब्द रुश्मा सापकोटाको रहेको छ ।

गीतलाई जसरी कर्णप्रिय रुपमा प्रस्तुत गरिएको छ उत्तिनै भिडियो पनि निकै आकर्षक बनेर अहिले सार्बजनिक  गरिसकिएको छ । भिडियोमा दिनेश श्रेष्ठ, अन्जु सुनार, कुशुम घतानी, जमुना बि.क, रबि के.सी राजिब चालिसे, रबि ढकाल पारु राउत, रुश्मा सापकोटा र रोहिणी ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ । हेर्दा र सुन्न जिउ मर्काउन मन लाग्ने “सुनन मया” बोलको गीतको म्युजिक  भिडियोलाई निर्देशन दिनेश श्रेष्ठले नै गरेका छन् ब हने छायांकन यम बहादुर बि.क र सम्पादन दिनेश मुस्कानले गरेका छन् । गीतको अडियो तथा ब भिडियोलाई दिनेश श्रेष्ठ आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

Leave a Reply

Your email address will not be published.