काठमाण्डौ असोज १६ – नेपाली गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा कल्पना आचार्यको “दुखि कर्म” कल्पना भाग २ पनि भर्खरै बजारमा आएको छ । गीतमा बाध्यता र बिवस्ताको कारण मेनपावरमा भिषा पेश गर्नु पर्ने साथै नचाहदा नचाहँदै पनि आफ्नो घर परिवारको छोड्नु परेको कथा समाबेश गरिएको छ । माथि उल्लेखित भाव मात्र होइन, बिहे भएको दिनमा नै परदेशको भिषा लाग्दा झनै कस्तो महसुस होला ?

गीतमा समिर आचार्य र सारदा रसाइलीको सुमधुर स्वर रहेको छ । गायक तथा सर्जक समिर आचार्यले यस भन्दा अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । यस गीतमा लय समिर आचार्यले नै भरेका छन् भने शब्द कल्पना आचार्यको रहेको छ । निकै मर्मस्पर्सी यस गीतको म्युजिक भिडियो पनि अत्यन्त घत लाग्दो बनेको छ । भिडियोमा रश्मि भट्ट, सबिन गौतम, रोजी दुलाल, हरी सापकोटा र राजन दुलालको अभिनय देख्न सकिन्छ ।

“दुखि कर्म” कल्पना भाग २ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । हाल प्रबासमा रहेका गायक तथा सर्जक समिर आचार्यले पहिलेका गीतहरु जस्तै यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले रुचाइदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published.