काठमाडौं । संगीत उद्योगमा परिचित कम्पनी ‘युनिभर्सल म्युजिक ग्रुप’मा साइबर सेक्युरेटी एनालिस्ट इन्जिनियरका रुपमा कार्यरत नव कलाकार दिनेश खनाल अभिनित ‘रिसाउ न त रिसाउ’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक प्रताप दासको स्वरमा समावेश यस गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।
अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ। भिडियोमा कलाकार खनालले म्युजिक भिडियोमा प्रेमिकाका रुपमा फिचर्ड बिष्णु मिश्रलाई फकाउने कोसिस गरेका छन्।
बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । म्युजिक कम्पनीमा काम गर्दा गर्दै संगीत तर्फ पाइला अघि सारेका मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।