काठमाण्डौ असोज १३ – नेपालीहरुको महान चाड भित्रिनै लागेको छ । यस बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । यी गीतहरुमा धेरै जस्ती पिंडाका भावहरु भेटिन्छन । दशैँ दुख मात्र होइन, सुख पनि हो । यहि मान्यतालाई मध्यनजर गर्दै हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले “तिहारको फुल दशैंको अक्षेता” बोलको गीतलाई भर्खरै मात्र सार्बजनिक गरेका छन् ।

उनले यस अघि पनि धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । खासगरी मौलिक पनको गीतहरुलाई प्राथमिकता दिने राम, व्यवसायिकताको पछाडी लागेर विकृतिजन्य गीत संगीत नभित्रियोस भन्ने चाहन्छन् ।

उनै स्याङ्गतानको पछिल्लो समय बजारमा आएको गीतमा नेपाल आइडलकि प्रतियोगी तारा श्रीष मगर र राम स्याङ्गतानको नै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना अर्का लोकप्रिय गायक तथा शर्जक राम थापा शिसिरले भरेका छन् । गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, आयुष्मा कार्की, सबिना लामा र कुमार नेपालको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियोमा अभिनय गर्ने मध्ये एक प्रकाश तामाङ्ग राज अहिले निकै ब्यस्त रहेका छन् । उनले अभिनय गर्न मात्र होइन म्युजिक भिडियो निर्देशनमा पनि उत्तिकै ख्याती कमाइसकेका छन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन अमोन रानाले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् । गीतलाई राम स्याङ्गतान आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया