काठमाण्डौ असोज ०५ – आफु भित्र रहेको बौद्धिकतालाई सबै सामु बाँड्दै आफ्ना सांगीतिक यात्रा अगाडी बढाइरहेका लोकप्रिय गायक तथा सर्जक डम्बर नेपालीको पछिल्लो प्रस्तुति “मुहारै झलल” भखरै बजारमा आएको छ । उनले बिगत २० बर्ष यता बागबजारमा सम्झना एकेडेमी संचालन गरेर कयौं बिद्यार्थीहरुलाई सिक्षा दिने काम पनि गरिरहेका छन् । व्यवसायिकताको नाममा मौलिकता कहिले भुल्न नसक्ने डम्बरले बिगतका दिनमा धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
उनि एलिना म्युजिक प्रालिका संचालक समेत हुन् । यसै म्युजिक प्रालिबाट भर्खरै मात्र बजारमा आएको डम्बर नेपालीको फरक स्वाद र मौलिक गीत “मुहारै झलल” मा शान्तिश्री परियार र डम्बर नेपालीको नै सुमधुर स्वर सुन्न सकिन्छ । सल्यान राम्रो शारदा सलल, तिमि राम्रो मुहारै झलल, यो शब्द सुन्दा नै सल्यान जिल्लाको मौलिक स्वाद, यस गीतमा सुन्न सकिन्छ भन्ने जो कोहीलाई लाग्न सक्दछ । यद्धपि यो गीत सल्यान आसपासमा मात्र केद्रित नभएर जुनसुकै भेग र जातिले मन पराउने ढंगबाट तयार पारिएको छ ।
प्रस्तुत गीतको म्युजिक भिडियोमा राहुल श्रेष्ठ र नारायणी खत्रीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियो लाई निर्देशन तथा छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो समय व्यवसायिकता नहुँदा यस गीत संग सम्बधित कलाकार डम्बर नेपालीले प्रस्तुत गीतलाई डिजिटल प्रबिधि मार्फत श्रोता तथा दर्शकहरुले मन पराइदिनु भएमा आगामी दिनमा अझै कर्णप्रिय गीत लिएर आउने बाचा गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।