काठमाडौं । अमेरिकामा बसेर नेपाली गीत संगीत र अभिनयमा सक्रिय गायक, गीतकार तथा मोडल कर्णवीरको स्वरमा समावेश ‘मेरो मनलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युगल गायनमा रहेको यस गीतमा मेलिना राईको समेत स्वर सुन्न सकिन्छ।
प्रेमिल शैलीको यस गीतमा शब्द कर्णवीरको रहेको छ भने संगीत अनुप रेग्मीको रहेको छ। आमोस तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयंम गायक कर्णवीर र रेजिना मगर फिचर्ड छन्। यालेन मगरले छायांकन गरेको यस भिडियोलाई एकान्त मगरको निर्देशनमा तयार पारिएको हो। बिष्णु सेन्चुरी निर्माता रहेको यस गीतको भिडियोलाई ‘नौलो डिजिटल’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। यस गीतको म्युजिक भिडियोमा साथ र सहयोग गर्ने शुनिल माथेमा प्रधान , रीमा श्रेष्ठ, अनुप रेग्मी प्रति निर्माण टिमले बिशेष आभार प्रकट गरेको छ। म्युजिक भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published.