काठमाण्डौ अशोज ०२ – भेगीय हिसाबले केहि सुस्ताएको काँठ क्षेत्रका लोक दोहोरी गीतहरु पछिल्लो समय निकै नै आउन थालेका छन् । यस्को परिणाम भने सम्पूर्ण कलाकारहरु एकताबद्ध भएर नै हो । नेपालको पश्चिमी क्षेत्रमा काँठे गीत सुनिदैन भन्ने त्यो सोच पनि अहिले आएर परिवर्तन भएको छ । किन कि हरेक संचार माध्यम पश्चिमका संचार माध्यमहरु संग जोडिएर बिभिन्न प्रस्तुति उक्त स्थान बाट पनि प्रसारण हुने हुँदा काँठ क्षेत्रको बजार फराकिलो भएको छ ।

यसै फराकिलो बजारलाई ध्यानमा राख्दै भर्खरै मात्र राम रखाल मगरले लोक दोहोरी गीत “मायाको झझल्को” लाई सार्बजनिक गरेका छन् । सरोज लामिछानेको लय द्वारा सजिएको यस गीतलाई शब्द भने अमृत खातीले लेखेका छन् । गीतमा राम रखाल मगर र लोकप्रिय गायिका सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको अडियोमा जति मिठासता छ “मायाको झझल्को” बोलको गीतको म्युजिक भिडियोलाई पनि आकर्षक ढंगबाट सार्बजनिक गरिएको छ । भिडियोमा सन्जिब ठकुरी र रिना थापा मगरको आकर्षक अभिनय देख्न सकिन्छ । काजिस श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन दिपक गिरीले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया