काठमाडौँ । अमेरिकाको बोस्टनमा बस्दै आउनु भएकी गीतकार, कवियत्री, कलाकार तथा निर्मात्री अनु शाहको शब्दमा रहेको ‘देखे जब उनीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
लोकप्रिय गायक जगदीश समालको स्वर रहेको यस गीतमा नारायण सुवेदी ‘आभाष’को संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको छ। रोमाण्टिक भर्सनको यस गीतको सम्पूर्ण छायांकनअमेरिकामा नै भएको हो। म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।
अनुराधा फिल्म्स इन्टरन्याशनल मार्फत चलचित्र निर्माणमा सक्रिय शाहका यसअघि ‘तिम्रो प्यारमा छु’, ‘के के चल्छ’, ‘नरिसाउन माया’, ‘छैनौ तिमी’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

भिडियो लिंक:

Leave a Reply

Your email address will not be published. Required fields are marked *