काठमाण्डौ भाद्र २७ – लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति “सारंगी” भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि आफ्ना अशंख्य संगीत पारखी श्रोता तथा दर्शकका निमित्त थुप्रै गीतहरु दिईसकेका छन् । बिशेष गरेर आफुलाई गायक भन्दा पनि संगीतकारको रुपमा चिनाउन चाहने श्रीकृष्ण बम मल्लले पछिल्लो समय बिभिन्न गीतहरुमा स्वर पनि भर्न थालेका छन् । यस बिषयमा संचारकर्मीहरुले उनलाई जिज्ञाशा राख्दा समय र श्रोता दर्शकहरुको माग, उनि भन्छन्” ।

माथि उल्लेखित गीतमा कोरोना संक्रमणका कारण अहिले बिस्व नै जोखिमको अवस्थामा रहँदा नेपाल पनि अछुतो रहेन र यसको कारण बिहान कमाएर बेलुका खानेहरुलाई निकै समस्या परेको एउटा सामाजिक यथार्थपरक कथा समाबेश गरिएको छ । गीत भित्र सारंगी बजाएर आफ्नो बालबच्चा र पेट पाल्ने एक गाइने दाईलाई अनुबन्धित गरिएको छ ।

दिपक सापकोटाको शब्द तथा श्रीकृष्ण बम मल्लको संगीत बाट सुसजित गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र श्रीकृष्ण बम मल्ल कै सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी स्वादमा तयार भएको “सारंगी” बोलको गीतको म्युजिक भिडियोमा प्रकाश घिमिरे र पशुपति राईको घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन देबेन्द्र बब्लुले गरेका हुन् भने छायांकन अनिल के मानन्धर र सम्पादन दिन्सन शाहले गरेका छन् । गीतको भिडियोलाई इनाक्षी इन्टरटेन्टमेन्ट नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया