काठमाण्डौ श्रावन २० । तीज पर्ब भनेको बर्ष भरी एक छोरीले घरमा भोगेका बिभिन्न दुख कष्टहरुलाई माइती पुगेर बिसाउने रुपमा लिने गरिन्छ । यी र यस्ता रहनसहन लाई नेपाली गीत संगीतको माध्यमबाट थप उजागर गरेको पनि हामि पाउँदछौं । तर हिजो आजका गीत संगीतलाई मात्र व्यवसायिकमा ढालिदा मौलिकता मेटिने त्राश उत्पन्न रहेको छ । यसैलाई मध्यनजर गर्दै जानुका लामिछाने निरौलाले भर्खरै मात्र “नजाऊ पियारी” बोलको गीत सार्बजनिक गरेकी छिन् ।
गीतमा दिदि सम्झिएर भाई लिन जाँदा श्रीमानले माइत जान नदिएको कथा समेटिएको छ । प्रस्तुत गीतमा सर्वप्रिय गायक राजु परियार, सरोज लामिछाने र जानुका लामिछाने निरौलाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रभावन जे ले भरेका हुन् भने शब्द प्रस्तुतकर्ता एवं गायिका जानुका लामिछाने निरौलाले नै भरेकी हुन् ।
डी.ए.आर मुभिज प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा शंकर बि.सी सरोज लामिछाने र भावना न्यौपानेको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शंकर बि.सी छायांकन बासु बराल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।