काठमाण्डौ श्रावन १८ । नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुको तर्फबाट कसरी हुन्छ आफ्ना प्रस्तुतिमा पृथकता प्रदान गर्ने कोसिस गरिएको हुन्छ यस्तै चिन्तन मननको साथमा भर्खरै मात्र “सोल्टिनी नैना रेशम” बोलको गीत सार्बजनिक भएको छ । गीत निकै कर्णप्रिय बनेको छ । प्रस्तुत गीतमा देब्स राई र मेलिना राईको स्वर सुन्न सकिन्छ भने यस गीतलाई शब्द तथा संगीत चन्द्र श्रेष्ठले भरेकी छिन् ।

“सोल्टिनी नैना रेशम” बोलको गीत जति अडियोको रुपमा कर्णप्रिय बनेको छ, उत्तिनै भिडियो पनि आकर्षक बनाएर सार्बजनिक गरिएको छ । भिडियोमा एलिशा राई, अनुषा राई, निशा लिम्बु, बिशाल लिम्बु र चप्पेटीको आमाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन दिनेश मांग्मु लिम्बु, कोरिग्राफी संजय लामाले गरेका हुन् भने छायांकन बुद्ध थापा र सम्पादन अनिल रानाको रहेको छ । भिडियो निलिमा साम्पाङ्ग राईको निर्माणमा बनेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *