काठमाण्डौ श्रावन १७ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७८ लक्षित थुप्रै तीज गीत बजारमा आइरहँदा केहि विवादित गीत पनि अहिले बजारमा रहेका छन् । यसको कारण भनेको परिवर्तित व्यवसायिक धार नै हो । यसै सेरेफेरोलाई चिन्तन गर्दै भर्खरै मात्र ज्योति गुरुङ्गले आफ्नै कला संस्कृति र मौलिकतामा अनुबन्धित गीत “परदेशी छोरी” बोलको गीत सार्बजनिक गरेकी छिन् । प्रस्तुत गीतमा बाध्यताले परदेशमा आफ्नो दैनिक बिताउँदा तीज तिहार भन्न नपाएको यथार्थता सामबेश गरिएको छ ।

गीतलाई लय सुरज लामिछानेले भरेका हुन् भने शब्द ज्योति गुरुङ्ग रहेको छ । एक परदेशी चेलीको बिलौना समाबेस गरिएको गीतलाई लोकप्रिय गायिका सुनिता दुलालले स्वर बद्ध गरेकी छिन् । यस गीतको म्युजिक भिडियोमा ज्योति गुरुङ्ग, निरु कोइराला, आस्था जोशी, बिनु लामिछाने घिमिरे, रिमा कंडेल, गुरुङ्ग रत्ना, सरला पौडेल, सबु सेन, दिपिका श्रेष्ठ. दया गुरुङ्ग, ममता राई, मुना राउत, काब्य कृति, राधा गुरुङ्ग, बिना राई र रोशन राईको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कुशल श्रेष्ठले गरेका हुन् भने छायांकन राजकुमार श्रेष्ठ र सम्पादन पनि निर्देशक स्वयम् ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.