काठमाण्डौ श्रावन १७ । पछिल्लो समय नेपालि मौलिक लोक तथा दोहोरी गीत संगीतलाई व्यवसायिकताको नाममा खाल्डोमा पुर्ने काम भैरहेका अवस्थालाई मध्यनजर गर्दै संस्कृतिको जगेनार्थ रुद्र के.सी र पिताम्बर फुँयालले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा मौलिक गीत “चट्टै कोर कपाल” बोलको गीत भर्खरै सार्बजनिक गरेका छन् । गीतमा अजम्बरी प्रेम भाव सामबेश गरिएको छ ।

पिताम्बर फुँयालको लय र रुद्र के.सी को शब्द सिर्जना द्वारा सजिएको गीतमा रुद्र के.सी पिताम्बर फुँयाल र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । काँठक्षेत्रमा प्रचलित भाकामा सजिएको यस गीतको म्युजिक भिडियोमा केशब सापकोटा, अनु पराजुली, सुनिता वाइबा र प्रयास तामाङ्गको अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । गीतलाई नबराज घोरासैनी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया