काठमाण्डौ श्रावन ११ – लोक दोहोरी गीत घैया मकै बाट सफल जोडी मानिएका शम्भु नेपालको लय तथा रामशरण आलेको शब्दमा भर्खरै मात्र “ओई लुरी” बोलको गीत सार्बजनिक भएको छ । त्यसो त यो जोडीको सहकार्यमा घैया मकै भन्दा पहिले पनि थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । तर पनि घैया मकै बोलको गीतले उनीहरु द्वयलाई थप उचाईमा पुर्याउन सफल भएको छ । फल स्वरूप यो गीत “ओई लुरी” बोलको गीत रामशरण आले र शम्भु नेपालको सहसृजनामा बजारमा आएको हो ।

रोश्नी थिङ्ग र अन्जली वाइबाको प्रस्तुतिमा बजारमा आएको यस गीतमा देब श्रेष्ठ र सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज र अनिता बस्नेतको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठ, कोरियोग्राफी अमोन रानाले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *