काठमाण्डौ श्रावन ११ – व्यवसायिकता नाममा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७८ लाई लक्षित गर्दै पछिल्लो समय बिभिन्न विकृतिजन्य गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसले आउँदा पिंडीको लागि तीज गीत के हो र यसको वास्तविकता कस्तो हुनुपर्छ भन्ने कुरा अन्यौल पार्न सक्दछ । यसै बिषयलाई चिन्तन गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बिगत लामो समय यता क्रियासिल सिर्जु अधिकारी र अनु अधिकारीले आफ्नो संयुक्त प्रस्तुतिको नाममा भर्खरै मात्रै “माइतीको सम्झना ३” सार्बजनिक गरेका छन् ।

मौलिक पन र तीज गीतको यथार्थतालाई यथावत राख्नका निमित्त तयार पारिएको माथि उल्लेखित गीतमा प्रस्तुतकर्ता द्वय सिर्जु र अनुको नै सुमधुर स्वर सुन्न सकिन्छ । सिर्जु अधिकारी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको “माइतीको सम्झना ३” बोलको गीतलाई लय शब्द रोशन सिंहले भरेका छन् ।

गीत जति मौलिक पनमा तयार भएको छ उत्तिनै भिडियोलाई पनि आकर्षक बनाउने प्रयास गरिएको छ । भिडियोमा रोशन सिंह, बिजय पुन, सिर्जु अधिकारी, अनु अधिकारी, सन्ध्या सानु, रुबिना श्रेष्ठ र सलिना कार्की क्षेत्रीको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया