भिमसेन खतिवडाको शब्द तथा घमेश दुलालको संगीतमा “शिब भजन” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौ असार २८ – जब मान्छेको आफ्नो जिम्मेवारीमा भार बढ्दै जान्छ, तब उसले आफ्नो जिबनको यथार्थ स्वाद पाउने गर्दछ । यो मात्र होइन, हामीले नेपाली समाजमा उमेर पाको हुँदै गएपछि भजन किर्तन तिर बढी ध्यान जाने गरेको पनि पाएका छौं । यसैको उपज पनि हुन सक्दछ नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा शर्जक रामकुमार कार्कीको “शिब भजन” । उक्त भजन भर्खरै सार्बजनिक भएको छ । शिब भजनलाई बजारमा ल्याएता पनि लोक तथा दोहोरी गीत संगीतलाई पनि निरन्तरता दिईरहने रामकुमार कार्कीले बताएका छन् ।

बजारमा आएको उक्त शिब भजनमा रामकुमार कार्की र स्मृति शाहीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई शब्द भिमसेन खतिवडाले लेखेका हुन् भने संगीत घमेश दुलालको रहेको छ । यस भजनको म्युजिक भिडियो पनि तयार भएको छ । भिडियोमा बिशाल बस्नेत (शिब) अनुषा मगर (पार्वती) हरिचन्द्र के सी (पुजारी) दिपेन्द्र खड्का (तबला) र सुनिल श्रेष्ठ (मादल) मा प्रस्तुत भएका छन् । भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने निर्देशन तथा सम्पादन बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *