काठमाण्डौ श्रावन – नेपाली नारीहरुको महान चाड हरितालिका तीज बिषेस गीत अहिले बजारमा प्रसस्त मात्रामा सार्बजनिक भैरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी त्यसमाथि पनि काँठ क्षेत्रको गीत संगीत पस्किएर सर्वप्रिय बन्न सफल गायक तथा शर्जक रामहरी भण्डारीले पनि गङ्गा तिमल्सिनाको साथमा “दिल रानी दिल राजा” (गोल्डेनको सारी) लिएर आएका छन् । उनले भर्खरै मात्र लोभी नजर लगाउछौ सारीमा बोलको गीत बजारमा ल्याएका थिए ।

तीज गीत “दिल रानी दिल राजा” (गोल्डेनको सारी) लाई लय सुफिक्स मदनले तयार पारेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । प्रस्तुत गीतमा रामहरी भण्डारी र रोजिना बस्नेतको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की र निरेन श्रेष्ठको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठ र सानु के.सी ले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई आर.बि इन्टरटेन्टमेन्ट नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया