अर्को कर्णप्रिय गीत “मैवा खोला” बजारमा (भिडियो सहित)

काठमाण्डौ श्रावन ०४ – नेपाली गीत संगीतको क्षेत्रमा धेरै गीत सम्बन्धित श्रष्ठा शर्जकको जिबन भोगाई संग पनि सम्बन्धित भएर बजारमा आएको हामि पाउँदछौं । ति गीतहरु अशंख्य श्रोता तथा दर्शकहरुको जिबनमा मेल खाएको पनि हुने गर्दछ । यसै भिडमा यतिबेला जिबन श्रेष्ठको स्वर शब्द र संगीतमा “मैवा खोला” बोलको गीत पनि सार्बजनिक भएको छ । प्रस्तुत गीतमा राजेश चौलागाईं र रिचा थापाको आकर्षक अभिनय देख्न सकिन्छ । मोडल राजेशको पनि आफ्नै कथा र ब्यथा रहेको छ । उनि आफ्नो अर्धांगिनी संग अहिले अलग रहेका छन् ।

“मैवा खोला” बोलको गीतलाई भुवन श्रेष्ठ मुस्कानले निर्देशन गरेका हुन् । निर्देशक भुवन निर्देशन मात्र होइन अभिनय तथा गीत लेखन तिर पनि दक्ष रहेका छन् । उनि द्वारा अभिनित र लिखित गीतहरु पनि धेरै सार्बजनिक भैसकेका छन् । मुकेश हुमागाईं द्वारा छायांकन भएको भिडियोलाई सम्पादन मनिष कार्कीले गरेका छन् । यस गीतको म्युजिक भिडियोमा बाल कलाकार रिया चौलागाईंको पनि मन लोभ्याउने अभिनय देख्न सकिन्छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *