अन्जली अधिकारी र अर्जुन गौतमको अभिनयमा तीज गीत “टिकटक बनाउछु नाच” बरिलै” बजारमा 

काठमाण्डौ श्रावन ०४ – नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७८ नजिक आइरहंदा कलाकारहरुले समय साप्यक्ष तीज गीतहरु पनि बजारमा ल्याउन थालेका छन् । यस्तो त हिजो आजका तीज गीतमा पहिले जस्तो मौलिकता भने थोरै मात्रामा भेटिने गर्दछ ।  यसै बिषयलाई ख्याल गर्दै मौलिकता र समय साप्यक्षता भित्र ए.बि.एस म्युजिक प्रालिले एक गीत “टिकटक बनाउछु नाच” बरिलै” बोलको गीतलाई सार्बजनिक गरेको छ ।

गीतलाई लय युनिक भोजराज बि.क ले तयार पारेका हुन् भने शब्द ए.बि.एस म्युजिक प्रालिका प्रबन्ध निर्देशन गायक तथा शर्जक बिदुर आपगाईंले लेखेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र अर्जुन गौतमले आकर्षक नृत्य देखाएका छन् । बिष्णु तामाङ्ग द्वारा संगीत संयोजन भएको गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामा, कोरियोग्राफी माधब श्रेष्ठ, छायांकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *